Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

अमेरिकासँग अहिले कुनै पनि प्रकारको वार्ता नभएको इरानको प्रष्टिकरण

सोमवार , श्रावण १८, २०८३

इरानले हाल अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नभएको स्पष्ट पारेको छ । 

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेइले सोमबार नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । उनले होर्मुज जलमार्ग हुँदै सुरक्षित आवतजावत गर्न भने ओमानसँग छलफल भैरहेको बताए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्तिवार्ता सोमबार देखि सुरु हुने दाबी गरेको केही समयपछि इरानले यस्तो प्रतिक्रिया दिएको हो । 

प्रवक्ता बाघेइले भने, “हामी अहिले अमेरिकासँग वार्ता गरिरहेका छैनौं । हाम्रो वार्ता होर्मुज जलमार्गबाट सुरक्षित यात्रा आवतजावत गर्ने विषयमा ओमानसँग भैरहेको छ ।” उनले ओमानसँग सम्भावित सहमति भए पनि त्यसले मात्र व्यवसायीक जहाजका लागि होर्मुज जलमार्ग पूर्ण रुपमा खुल्ने अवस्था नआउने बताए । 

अमेरिकाले आफ्नो आक्रामक गतिविधि जारी राखेसम्म होर्मुजको अवस्था यथावत् रहने र जलमार्ग पूर्ण रुपमा सञ्चालनमा आउन सक्ने अवस्था सिर्जना नहुने उनले बताए ।

इरानमा भीषण आक्रमण गर्ने घोषणा गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले भने एकाएक आक्रमण स्थगित गरेर सम्झौताको प्रतिवेदन तयार भएको र इरानसँग वार्ता सुरु हुने दाबी गरेका थिए । 

 

 

सम्बन्धित समाचार