परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।
सहसचिव भट्टराईलाई सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । सहसचिव भट्टराईलाई कागेश्वरी मनोहराबाट नियन्त्रणमा लिइएको सीआईबी प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले बताए ।
तिब्बती शरणार्थीका रुपमा गैर कानूनी रुपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा सहसचिव भट्टराईविरुद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा राहदानी कसुर सम्बन्धी मुद्धा दायर गरेको थियो ।
मुद्धा दायर हुँदा भट्टराई उपस्थित नभएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ ।