Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

ब्रोड पीकमा अस्ताए विश्व प्रख्यात नेपाली पर्वतारोही निम्सदाइ

शनिवार , श्रावण १६, २०८३

पाकिस्तानको काराकोरम हिमशृङ्खला अन्तर्गत पर्ने ब्रोड पिक (८,०४७ मिटर) मा गएको विनाशकारी हिमपहिरोमा परेर विश्व प्रख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा "निम्सदाइ" को निधन भएको भएको छ ।

उनको कम्पनीले शनिबार एक शोक वक्तव्य जारी गर्दै ब्रोड पीकको हिमपहिरोमा परि बेपत्ता भएका निम्सदाइको निधन भएको जानकारी दिएको हो ।

उक्त दुर्घटनामा उनका भरपर्दा आरोहण साझेदार तथा गाइड पुर बहादुर गुरुङ युक्ता र निमा शेर्पाको पनि निधन भएको छ। आरोहण टोलीका अन्य सदस्यको पनि निधन भएको छ।

"आज हामी अत्यन्तै गहिरो दु:ख र हृदय विदारक पीडाकासाथ ब्रोड पीकमा आएको हिमपहिरोपछी निर्मल (निम्सदाइ) पुर्जाको दु:खद निधन भएको पुष्टि गर्दछौं," जारी शोक वक्तव्यमा उल्लेख गरिएको छ ।

साथै अभियानका क्रम्ममा रहेका हिमपहिरोमा परेका अन्य सदस्यहरू पनि जिवित नरहेको पुष्टि भएको छ ।

वक्तव्यमा निम्सदाइसहित दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवार, साथीभाइ र आफन्तप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।  साथै, शोकमा रहेका परिवारको गोपनीयताको सम्मान गर्न सबैसँग आग्रह गरिएको छ।

निम्सदाइलाई विश्व पर्वतारोहण क्षेत्रका महान् आरोहीमध्ये एक, साहस, विनम्रता र दृढ आत्मविश्वासका प्रेरणादायी नेता भएको उल्लेख गर्दै उनका असाधारण उपलब्धिभन्दा पनि ठूलो सपना देख्न, आफ्नै क्षमतामा विश्वास गर्न र सीमिततालाई अस्वीकार गर्न लाखौं मानिसलाई प्रेरित गरेको जनाइएको छ।

निम्सदाइसहित ६ जना नेपाली पर्वतारोही, एक जना पाकिस्तानी, एक जना चिनियाँ, एक जना अमेरिकी र एक जना ओमानी गरि १० जना पर्वतारोही ब्रोड पीकको विनाशकारी हिमपहिरोमा बेपत्ता भएका थिए ।

FB_IMG_1785582170740.jpg
FB_IMG_1785582170740.jpg

FB_IMG_1785582172677.jpg

सम्बन्धित समाचार