नेपाल प्रीमियर लिग (एनपीएल) तेस्रो सिजनको खेल तालिका सार्वजनिक सार्वजनिक भएको छ ।
नेपाल क्रीकेट संघ (क्यान) ले आज एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक कार्यतालिका अनुसार एनपीएल तेस्रो सिजन २६ अक्टोबरदेखी नोभेम्बर २१ सम्म हुनेछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा हुने सञ्चालन हुनेछन् ।
उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् । प्रतियोगितामा लायन्स र रोयल्ससँगै कर्णाली याक्स, जनकपुर बोल्टस, विराटनगर किङ्स, काठमाण्डू गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो सिजनको एनपीएलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्टसले उपाधी उचालेको थियो भने दोस्रो सिजनमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई नै पराजित गरेर उपाधी उचालेको थियो ।