Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते

३८ छावाको बाबू बनेको 'रोनाल्डो' हात्तीको मृत्यु

शनिवार , आश्विन ३, २०८३

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र आसपासमा लामो समयदेखि देखिँदै आएको जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार रोनाल्डो चितवनको मध्यवर्ती क्षेत्रअन्तर्गत २० हजारी ताल नजिकै कुमाल ताल क्षेत्रमा आज बिहान मृत भेटिएको हो।

निकुञ्जका अनुसार करिब २४ वर्षअघि रोनाल्डो पहिलोपटक चितवनमा देखिएको थियो। त्यसयता ऊ हात्ती प्रजनन केन्द्र वरपरका पोथी हात्तीसँग सम्पर्कमा रहँदै आएको थियो।

प्रजनन केन्द्रमा रहेका पोथी हात्तीबाट जन्मिएका ३८ वटा छावाको पिता रोनाल्डो रहेको निकुञ्जले जनाएको छ।

सम्बन्धित समाचार