Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

परराष्ट्र मन्त्री खनाल न्योयोर्क प्रस्थान

सोमवार , आश्विन ५, २०८३

परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ ।

संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन मन्त्री खनाल नेतृत्वको टोली आइतबार साँझ न्यूयोर्क प्रस्थान गरेको हो ।

मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय भेलामा सभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै परराष्टमत्री खनालले आफ्ना समकक्षी तथा विशिष्ट व्यक्तिहरुसँग द्दिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको टोली भने ६ असोजमा अमेरिका प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

सम्बन्धित समाचार