अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् ।
३ दिने भारतको औपचारिक भ्रमण सकेर अर्थमन्त्री वाग्ले शनिबार साँझ स्वदेश फिर्ता भएका हुन्।
भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारती उद्योगी, व्यवसायी तथा लगानीकर्तासँग छलफल गरेका थिए ।
नेपालमा लगानीका पर्याप्त अवसर भएको उल्लेख गर्दै उनले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका थिए ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले नेपाल-भारत आर्थिक सम्बन्ध, व्यापार तथा लगानी विस्तारका विषयमा पनि छलफल गरेका थिए ।