Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड ७३ लाख मौज्दात

सोमवार , भाद्र २९, २०८३

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ मौज्दात छ।

यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर मौज्दात रहेको छ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूसँग गर्नुभएको छलफलमा पूर्वाधार पुनर्निर्माण तथा नागरिकहरूको पुनर्स्थापनाका लागि स्रोतको कमी हुन नदिने बताएका थिए ।

सम्बन्धित समाचार