नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आजको नियमित कारोबार स्थगित गरेको छ ।
७२ वटा कारोबार कम्पनी सदस्यका सर्वर राखिएको डेटा सेन्टर डेटा हब प्रालिमा प्राविधिक समस्या आएकाले आजको नियमित कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार डेटा हबमा असोज ४ गतेदेखि समस्या आएको र समस्या समाधानका लागि प्रयास भैरहे पनि हालसम्म समाधान हुन हुन सकेको छैन ।