Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते

राष्ट्रसंघको कार्यक्रममा जानुअघि प्रधानमन्त्रीले गरे कांग्रेस नेताहरूसँग छलफल

सोमवार , आश्विन ५, २०८३

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र उपसभापति विश्वप्रकाश शर्माले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा पुगेर प्रधानमन्त्री

शाहसँग भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री शाह नेतृत्वको टोली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नेछ।

सम्बन्धित समाचार