Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

ट्रम्प र नेतान्याहु सत्तामा रहुन्जेल होर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी

शुक्रवार , आश्विन २, २०८३

ट्रम्प र नेतान्याहु सत्तामा रहुन्जेल होर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा रहुन्जेल आफूले हर्मुज जलमार्गको घाँटी नखोल्ने चेतावनी दिएको छ ।

इरानका सर्वोच्च नेता मुज्ताब खामेनिका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोकल्दरले यस्तो चेतावनी दिएको इरानी सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनको भनाइ अनुसार इरानले आक्रामक शत्रुको शक्ति तोड्ने र अहंकारी शक्तिहरूको कम्मर भाँच्ने निर्णय गरेको छ । जोकलदरले ट्रम्प र नेता नेहरूलाई सत्ताबाट नहटाइएसम्म होर्मुज जलमार्ग बन्द हुने बताएका हुन् । उनले यसलाई इरानको पहिलो चरणको बदलाको कारबाही भएको दाबी गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध र वार्ताको विषयमा पटक/पटक फरक-फरक धारणा सार्वजनिक गरिरहेका छन् । यहीबीच इरानभित्र पनि अमेरिकासँग सैन्य अभ्यास जारी राख्ने वा वार्ता गर्ने भन्ने विषयमा पनि मतभेद देखिएको बताइन्छ ।

इरानका केही शीर्ष राजनीतिक नेताहरूले अमेरिकासँगको इस्लामवाद सम्झौता कार्यान्वयन गर्न र त्यसलाई युद्ध अन्त्य गर्ने शर्तका रुपमा स्वीकार गर्न आह्वान गरिरहेका छन् इरानी राष्ट्रपति मसुद पेजेस्कीयान र संसदका सभामुख मोहम्मद वाकर गालिबाफ पनि यस्तो नेता मध्ये पर्छन् ।

तर यता इरानको इस्लामिक रेभोलुसरी गार्ड कप्स (आइआरजीसी) का सैनिक तथा कमाण्डरसहित कट्टरपन्थी नेताहरूको समूहले भने युद्ध जारी राख्नु र होर्मुज जलडमहरू बन्द गर्नु इजरायल तथा अमेरिकाको सामना गर्ने प्रभावकारी रणनीति भएको बताइरहेका छन् ।

यसबीच बढ्दो महङ्गी, आर्थिक प्रतिबन्ध र इरानको दक्षिणी बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दीका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गइरहेको छ ।

सम्बन्धित समाचार