Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

भोटेकोशी बाढी अपडेट : एक हजार ३ सय ९२ जनाको शव फेला

सोमवार , भाद्र २९, २०८३

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ९२ जनाको शव फेला

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज दिउँदो २ बजेसम्म १ हजार ३ सय ९२ जनाको शव फेला परेको छ ।

 प्रहरी प्रधान कार्यालयका अनुसार जसमध्ये रसुवामा १ सय ८६ जना, नुवाकोटमा २ सय २ जना, धादिङमा ७१ जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ३ सय ९२ जनाको शव फेला परेको हो ।  

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ ।

शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ८ सय ५३ गरी कुल ३ हजार १ सय ३९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

साथै पहिचान नभएको १ हजार ३ सय ५४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।  हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ ।

यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ७ सय ८१ जना व्यक्तिहरूलाई राखिएको छ । 

सम्बन्धित समाचार