परराष्ट्रमन्त्री शिशिर खनालसँग मोरोक्कोका गैर-आवासीय राजदूत मोहम्मद मालिकीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
राजदूत मालिकीले सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर मन्त्री खनालसँग भेट गरेका हुन् ।
सो अवसरमा नेपाल र मोरोक्कोबीचको मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उपायहरूबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
साथै, छलफलमा कृषि क्षेत्रमा, विशेष गरी रासायनिक मलको आपूर्तिमा, तथा नवीकरणीय ऊर्जा, पर्यटन, संस्कृति, कनेक्टिभिटी, तालिम र क्षमता अभिवृद्धि जस्ता क्षेत्रहरूमा सहयोग विस्तार गर्ने विषयमा पनि विचार-विमर्श भएको थियो ।