इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा पाँच जनाको मृत्यु, ४१ बेपत्ता
इन्डोनेसियामा ढुङ्गामा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ भने ४१ जना बेपत्ता भएका छन् ।
इन्डोनेसियाको दोस्रो ठुलो सहर पूर्वी जाभाको सुराबायाबाट दक्षिण सुलावेसीको मकस्सरतर्फ यात्राका क्रममा गर्दा मदुरा टापुमा डुङ्गामा आगलागी भएको थियो । उक्त ढुङ्गामा कम्तिमा २५० जना यात्रु सवार रहेका थिए ।
क्षेत्रीय सुराबाया खोज तथा उद्धार निकायले दिउँसो दिएको अपडेट अनुसार ५ जनाको मृत्यु भएको, ४१ जना बेपत्ता रहेका र २२५ जनाको उद्धार गरिएको छ ।
इन्डोनेसियाको राष्ट्रिय खोज तथ उद्धार निकाय (बासारनास) का अनुसार ढुङ्गामा आगलागीपछि केही यात्रुहरु आत्तिएर समुन्द्रमा हाम फालेका र उजिकैका जहाजहरुले उनीहरुलाई समुन्द्रबाट उद्धार गरेका थिए ।
ढुङ्गामा कसरी आगलागी भयो भन्ने कारण नखुलेको र यस विषयमा आवश्यक अनुसन्धान भैरहेको जनाइएको छ ।