Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

लिपुलेक विवादमा नेपालको दाबीबारे भारतले दियो यस्तो प्रतिक्रिया

बिहिवार , बैशाख २४, २०८३

नेपाली भूमि लिपुलेक हुँदै भारतले कैलाश मानसरोवर मार्ग सञ्चालन गरेको विषयमा नेपालले जनाएको आपत्तिलाई भारतलाई सीधै अस्वीकार गरिदिएको छ । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालको विरोध र नयाँ नक्साको सन्दर्भलाई ‘एकपक्षीय र कृत्रिम’ भन्दै यसलाई अस्वीकार्य रुपमा बताएका हुन् । नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जैसवालले लिपुलेक मार्ग भएर सन् १९५४ देखि नै मानसरोबर यात्रा भइरहेको तर्क अघि सार्दै यसमा कुनै नयाँ विकास नभएको दाबी गरे । 

भारतले नेपालको पछिल्लो क्षेत्रीय दाबीलाई ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै त्यसलाई अपुष्ट र अमान्य ठहर गरेको छ । नेपालले आफ्नो भूभाग भन्दै गरेको दाबी र सीमा विस्तारको विवाद तर्कसँगत नभएको भारतीय विदेश मन्त्रालयले दाबी गरेको छ । 

काठमाडौंले लिपुलेक पासमा भैरहेको सडक निर्माण र प्रयोगमा प्रश्न उठाए पनि भारतले भने आफ्नो अडामा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ । प्रवक्ता जैसवालले नेपालले एकतर्फी रुपमा दाबी गर्नु भन्दा वार्ताको बाटो रोज्नुपर्ने बताए । 

सीमा विवाद समाधानका लागि भारत छलफल गर्न तयार रहेको उनको भनाई रहेको छ । भारतीय पक्ष द्धिपक्षीय सम्बन्धका सबै मुद्दाहरुमा रचनात्मक कुराकानी गर्न खुल्ला रहेको उनको दाबी छ । 

 

सम्बन्धित समाचार