Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते

कपिलवस्तुमा अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

शुक्रवार , भाद्र १९, २०८३

कपिलवस्तुको शिवराज नगरपालिका –०२ बालापुर मिलनचोकस्थित भित्री सडकखण्डमा अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको अटोले बाटो काट्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका ३ वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

अटोको ठक्करबाट टाउको र अनुहारमा चोट लागेका बालकको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको थियो ।

प्रहरीका अनुसार उपचारका क्रममा लुम्बिनी सिटी अस्पताल, बुटवलमा पुगेका बालकलाई चिकित्सकले मृत घोषणा गरेका हुन ।

टोलीले अटोसहित चालक ३४ वर्षीया रुपा वि.क. लाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार