Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

‘ब्रेक थ्रु’ नभसम्म टनेलमा उद्धार कार्य जारी रहन्छ : सेना

सोमवार , भाद्र २२, २०८३

नेपाली सेनाले बाढीले प्रभावित जलविद्युत आयोजनाका सुरुङमा ‘ब्रेक थ्रु’ नभएसम्म उद्धार कार्य नरोकिने बताएको छ । 

बाढी प्रभावित जलविद्युत आयोजनाका सुरुङमा करिब १२१ जना मजदुर तथा कर्मचारीहरु फसेको हुनसक्ने अनुमान गर्दै सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणद्धारा आज आयोजित पत्रकार सम्मेलनमा सहायक रथी सुवाशजङ्ग थापाले सरकारले काम रोक्ने निर्णय गरेकोमा बाहेक ब्रेक थ्रु नभएसम्म टनेलमा खोज तथा उद्धार कार्य जारी रहने जानकारी दिए । 

उनका अनुसार तीव्रताका साथ खोजी तथा उद्धार कार्य भैरहेको छ । बाढीबाट प्रभावित जलविद्युत आयोजनामा करिब १२१ जना नागरिक फसेको अनुमान सेनाले गरेको उनले जानकारी दिए । 

रसुवागढी जलविद्युत आयोजनामा खोज तथा उद्धार टोली र आयोजनाका प्रतिनीतिसहितको टोली पावर हाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी गरेको उनले जानकारी दिए । 

नेपाली सेनाले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई हवाइ, जमिन र टनेल गरी तीन क्षेत्रमा बाँडेर अघि बढाएको जनाएको छ । 

 

सम्बन्धित समाचार