Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल जाँदै

सोमवार , बैशाख ७, २०८३

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर तीन दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं जाने भएका छन् । 

नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा नयाँ सरकार गठन भएपछि नेपाल भ्रमणमा जान लागेका उनी पहिलो उच्चस्तरीय कुटनीतिज्ञ हुन् । सहायक विदेशमन्त्री कपुर वैशाख ९ गते फर्किने कार्यक्रम रहेको काठमाडौंस्ति अमेरिकी दूतावास स्रोतले जनाएको छ । 

नेपाल भ्रमणमा रहँदा कपुरले उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् । उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णीम वाग्लेसँग भेटवार्ता गर्नेछन् । स्रोतका अनुसार अमेरिकी सहायक विदेशमन्त्रीले मंगलबार बिहान साढे ९ बजे परराष्ट्रमन्त्री खनाल र बिहान साढे १० बजे अर्थमन्त्री वाग्लेसँग सम्बन्धित मन्त्रालयमा भेटवार्ता गर्नेछन् । 

भेटवार्तामा एमसीसीको कार्यान्वयन लगायत नेपाल–अमेरिका द्धिपक्षीय सम्बन्ध लगायत विषयमा छफल हुने जनाइएको छ । सहायक विदेशमन्त्री कपुरले पाटन दरबार स्क्वायरको अवलोकन गर्ने पनि कार्यक्रम रहेको जनाइएको छ । 

 

सम्बन्धित समाचार