Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

कांग्रेसको १५ औँ महाधिवेशन भदौं २४ देखि २६ सम्म गर्ने प्रस्ताव

मंगलवार , चैत्र १०, २०८२

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव गरिएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा पार्टी सभापति गगन कुमार थापाले पार्टीको १५ औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव पेश गरेका हुन् । 

सभापति थापाले कार्यतालिकासहित महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् । केन्द्रीय समिति बैठकमा छलफल गरिसकेपछि निर्णय गरिने बताइएको छ । 

सभापति थापाले प्रतिनिधिसभा निर्वाचनमा आफू र पार्टीले नराम्ररी हार ब्यहोरेपछि सभापति पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा केन्द्रीय समितिको बैठकले अस्वीकृत गरेको छ । 

सभापति थापाको राजीनामा अस्वीकृति गरेर केन्द्रीय समिति बैठकले पार्टीको आगामी महाधिवेशनको तयारी गर्ने तयारी गरेको थियो । आज बैठकमा सहभागी हुँदै थापाले महाधिवेशन भदौमा गर्ने प्रस्ताव गरेका हुन् । 

 

सम्बन्धित समाचार