Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

सामाजिक सद्द्भाव सुदृढ बनाउन सरकार लागि परेको छ : प्रधानमन्त्री

शुक्रवार , श्रावण १५, २०८३

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न संवेदनशील परिस्थितिलाई समाधान गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागि परेको स्पष्ट पारेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले राज्यका सबै अंगहरू उच्च सतर्कतामा रहेकाले नागरिकलाई संयमित रहन र विचलित नहुन आग्रह समेत गरे ।

सरकारको प्राथमिकता पीडित नागरिकसम्म पुग्नु, उनिहरुलाई सुरक्षित अनुभव गराउनु, घटनाको निष्पक्ष छानबिन गर्नु र थप गलत क्रियाकलाप हुन नदिनु रहेको प्रधानमन्त्री शाहको भनाई रहेको छ ।

साथै, उनले सांसदहरूलाई आ-आफ्ना निर्वाचन क्षेत्रमा पुगेर थप हिंसा फैलिन नदिन, जनताको दुःख-सुखमा उभिन र राज्य एवं नागरिकबीच विश्वासको बलियो पुल बन्न अनुरोधसमेत गरे ।

सम्बन्धित समाचार