Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्वसचिसहित २१ जनाविरुद्ध मुद्दा दर्ता, ४६ करोड बढी बिगो दाबी

आइतवार , चैत्र ८, २०८२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दाबी गर्दै पूर्वसहित केदार बहादुर अधिकारीसहित २१ जनाविरुद्ध मुद्धा दायर गरेको छ । 

आयोगले तत्कालीन सचिव अधिकारीसहित क्यानका तीन जना पूर्वमहानिर्देशकहरु सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारी समेतलाई विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो । चिनियाँ निर्माण कम्पनी ‘चाइना सीएएमसी इन्जिनियरिङ’ र परामर्शदाता ‘इआरएमसी/ए–नोट/स्लेट जेभी’ लाई पनि प्रतिवादी बनाइएको छ । 

अनुसन्धानका क्रममा विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा भएको ईपिसी मोडलको सम्झौतामा परामर्श दाता नियुक्तिका लागि २८ लाख अमेरिकी डलर छुट्याइएको पाइएको छ । तर, उक्त रकमबाट परामर्शदाता नियुक्त नगरी बदनियतपूर्वक प्राधिकरणले छुट्टै आन्तरिक बजेटबाट ५० करोड ३४ लाख ४० हजार ६९६ को लागत अनुमान स्वीकृत गरी दोहोरो खर्च गरेको आयोगको दाबी छ । 

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार राष्ट्रसेवक कर्मचारी र ठेकेदार कम्पनीको मिलोमतोमा स्वीकृत लागत अनुमान भन्दा बढी भुक्तानी दिने, सम्झौताका शर्तविपरित मेसिनरी उपकरण खरिद गर्ने र परमर्शदाताका नाममा विनियोजित डलर अन्यत्रै खर्च गर्ने जस्ता कार्य गरी जम्मा ४६ करोड १५ लाख ८४ हजार ३३४ रुपैयाँ भ्रष्टाचार भएको पुष्टि भएको छ ।  

सम्बन्धित समाचार