निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्की समक्ष निर्वाचनको अन्तिम मत परिणामसहितको प्रतिवेदन बुझाएको छ ।
आइतबार निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारी लगायतका पदाधिकारीहरुले प्रधानमन्त्री कार्की समक्ष प्रतिवेदन पेश गरेका हुन् । आयुक्तहरु डा. जानकी कुमारी तुलाधर र सुगन शम्शेर जबरा तथा सचिव कृष्णबहादुर राउत लगायत पनि सो कार्यक्रममा उपस्थित भएका थिए ।
त्यस्तै गृहमन्त्री ओमप्रकाश अर्यालल र कानून मन्त्री अनिल कुमार सिन्हा पनि प्रतिवेदन ग्रहण कार्यक्रममा सरिक थिए ।
यस अघि आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाइसकेको छ ।