Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते

इनिशा हत्या प्रकरणको अनुसन्धान भैरहेको छ : प्रहरी महानिरीक्षक कार्की

शनिवार , चैत्र ७, २०८२

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इनिशा विक हत्या प्रकरणमा तथ्य र प्रमाणका आधारमा अनुसन्धान भैरहेको जानकारी दिएका छन् । 

अन्तर्राष्ट्रिय जाती तथा रंगभेद उन्मूलन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सुर्खेतको उक्त घटनामा कानूनको अक्षरशः पालना गर्दै तथ्य र प्रमाणका आधारमा अनुसन्धान भैरहेको बताए । 

उनले पीडित परिवारसँग निरन्तर सम्पर्क भैरहेको र दोषीलाई कारबाहीका साथै न्याय पाउनुपर्ने आवाजको सुनुवाइ हुने प्रतिबद्धता जनाए । छिट्टै उक्त घटनाको निष्कर्ष बाहिर ल्याइने महानिरीक्षक कार्कीको भनाई रहेको छ । 

सबै नागरिकले समान हक अधिकार प्राप्त गर्नु पर्ने भन्दै उनले सबै विभेदका विरुद्ध कानून बमोजिम अघि बढ्ने बताए । 

सम्बन्धित समाचार