Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते

प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै

मंगलवार , आश्विन ६, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह आज न्यूयोर्क प्रस्थान गर्ने भएका छन् ।

संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज अपराह्न त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

सम्बोधनका क्रममा शाहले गत भदौ १० गते रसुवाको भोटेकोशीमा बाढी आएपछि भएको ठूलो धनजनको क्षती र जलवायु परिवर्तनको कारण हिमाली क्षेत्रमा परेको असरबारे विश्वको ध्यानाकर्षण गराउने छन् ।

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएपछिको उनको यो पहिलो विदेश भ्रमण हो ।

महासभमा भाग लिन यस अघि आइतबार प्रस्थान गरेको परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली न्यूयोर्क पुगिसको छ ।

सम्बन्धित समाचार