प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका दुई सदस्यले राजीनामा दिएका छन् ।
प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दानारायण तिमिल्सिनाले राजीनामा दिएको बालुवाटार स्रोतले जनाएको छ ।
“खनाल र तिमिल्सिनाले केही दिन अघि नै राजीनामा दिइसक्नु भएको छ । सरकारको कार्यकाल सकिन लागेकाले राजीनामा दिएको हुनुपर्छ,” बालुवाटार स्रोतले भन्यो ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले १८२ सिटमा जित हासिल गरेको छ भने रास्वपाले एकल सरकार गठनको तयारी गरिरहेको छ ।
नवनिर्वाचित सांसदहरुले चैत्र १२ गते शपथ लिए लगत्तै चैत्र १३ गते रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भैरहेको छ ।