अमेरिका, इजरायल र इरानबीच जारी युद्धका कारण मध्यपूर्वका क्षेत्रमा सुरक्षा सतर्कता कडा पारिएको अवस्थामा सामाजिक सञ्जालमार्फत् अफवाह फैलाएको आरोपमा हालसम्म ७ जना नेपाली पक्राउ परेका छन् ।
इरानले यूएईमाथि गरेको भनेको मिसाइल तथा ड्रोन आक्रमणपछि त्यससँग सम्बन्धित फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा यूएई प्रहरीले नेपालीहरुलाई नियन्त्रणमा लिएको हो ।
यूएईमा तीन, साउदी अरबमा ती र कुवेतमा एक जना नेपाली पक्राउ परेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । मन्त्रालयले यस्ता संवेदनशिल विषयसँग सम्बन्धित सामग्री नखिच्न र सामाजिक सञ्जालमा सेयर नगर्न पटक–पटक अनुरोध गर्दै आएको छ ।
स्थानीय कानून अनुसार यस्तो कसुर गर्नेलाई एक वर्षसम्म कैद सजाय र त्यसपछि देश निकाला गरिने प्रावधान रहेकाले सबैलाई सचेत रहन आग्रह गरिएको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा पनि कुटनीतिक पहल जारी राखेको छ ।