Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

नयाँ प्रधानमन्त्रीको शपथ चैत्र १३ गते

बिहिवार , चैत्र ५, २०८२

नयाँ प्रधानमन्त्रीको शपथ चैत्र १३ गते हुने भएको छ । 

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लैलै करिब दुई तिहाई १८२ सिट प्राप्त गरेको छ । निर्वाचन अघि नै रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो । 

निर्वाचन सम्पन्न पछि प्राप्त मत परिणाम अनुसार रास्वपाले स्पष्ट बहुमत प्राप्त गरेको छ । आज  निर्वाचन आयोगले पनि निर्वाचनको अन्तिम मत परिणाम राष्ट्रपति समक्ष बुझाइसकेको छ । आज रास्वपाका शिर्ष नेताहरु नयाँ सरकार गठन तयारीबारे छलफलमा जुटेका थिए । 

रास्वपाले वरिष्ठ नेता बालेन शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरेको छ । यो सँगै नेता शाहले चैत्र १३ गते प्रधानमन्त्रीको शपथ लिने निश्चित भएको छ । रास्वपाका शिर्ष नेताहरुको छलफलपछि सांसदहरुले शपथग्रहण लिएसँगै प्रधानमन्त्रीले शपथ ग्रहण लिने टुंगो लागेको हो । 

आउँदो चैत्र १३ गते प्रधानमन्त्रीले शपथ ग्रहण लिने रास्वपा निकट उच्च स्रोतले जनाएको छ । संघीय संसद सचिवालयले चैत्र १२ गते दिउँसो २ बजे सांसदहरुको शपथ ग्रहण कार्यक्रम राखेको छ । रास्वपाले त्यस लगत्तै सरकार गठन गर्ने निर्णय गरेको जनाइएको छ । 

 

 

सम्बन्धित समाचार