राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिर्ष नेतृत्व नयाँ सरकार गठनबारे आन्तरिक छलफलमा जुटेका छन् ।
निर्वाचन आयोगले आज निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएसँगै रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापतिद्धय स्वर्णीम वाग्ले र डिपी अर्यालय आन्तरिक छलफलमा जुटेका हुन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले १८२ सिट प्राप्त गरेको छ । यो सँगै नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम रास्वपाको नेतृत्वमा बहुमतको सरकार बन्नेछ ।