नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथग्रहण चैत्र १२ गते हुने भएको छ ।
निर्वाचन आयोगले चुनावी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएपछि संसद सचिवालयले चैत्र १२ गते नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको तयारी अगाडी बढाएको हो ।
संसदको परम्परा र नियम अनुसार जेष्ठ सदस्यले राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिएपछि बाँकी सदस्यहरुलाई जेष्ठ सदस्यले संसद भवनमा शपथ ग्रहण गराउने परम्परा छ ।
यस पटक नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीले जेष्ठ सदस्यका रुपमा सांसदहरलाई शपथ ग्रहण गराउने भएका छन् । उनी ७८ वर्षका जेष्ठ सदस्य हुन् ।