राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवम् प्रतिनिध सभा सांसद डोलप्रसाद अर्यालले अर्काे निर्वाचनमा जनताले रास्वपालाई मात्र मतदान गर्ने गरी काम गर्नुपर्ने बताएका छन् ।
मंगलबार रास्वपाले आयोजना गरेको सांसदहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आगामी ५ वर्ष प्रतिपक्षविहिन बनाउने गरी पार्टीले काम गर्नुपर्ने बताए । उनले आगामी निर्वाचनसम्म पुग्दा प्रतिपक्ष नै नहुने गरी पार्टीलाई मत दिनुपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए ।
उक्त लक्ष्य हासिल गर्नको लाग भाषण वा सीमित नेताहरुको प्रयासबाट मात्रै सम्भव नहुने भन्दै उनले सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक काम गनुृपर्ने बताए । अब बन्ने सरकारले सुशासन कायम गर्ने, प्रभावकारी सेवा सुनिश्चित गर्ने र भ्रष्टाचार अन्त्य गर्ने गरी काम गर्नुपर्ने उनको भनाई रहेको छ ।
निर्वाचनमा पार्टीले जित हासिल गरेपनि देश र जनताले जित्न बाँकी रहेको भन्दै उनले आन्तरिक द्धन्द्ध, खिचातानी र खुट्टा तान्ने प्रवृत्तिबाट टाढा रहनुपर्ने बताए ।