Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते

एनपीएल

काठमाण्डुलाई ६१ रनले पराजित गर्दै चितवन एनपीएलको दोस्रो क्वालिफायरमा

बिहिवार , मंसिर ४, २०८३

नेपाल प्रीमियर लिग अन्तर्गत बुधबार भएको इलिमिनिटरमा काठमाण्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन राइनोज एनपीएलको दोस्रो क्वालिफायरमा पुगेको छ ।

चितवनले अब फाइनलका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाण्डुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १४३ रन मात्रै बनाउन सक्यो ।

ब्याटिङतर्फ काठमाण्डुका लागि विल बसिस्टोले ३५, भीम सार्कीले ३० र सहान अराच्चिगेले २४ रन बनाउनु बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन ।

बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक ४ विकेट चट्काउनुको साथै उस्मान मीरले ३ र कुशल मल्लले एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा २०४ रनको योगफल तयार गरेको हो । चितवनको लागि कामिल मिसाराले शतक तथा रबि बोपाराले अर्धशतक पूरा गरे ।

५९ बलको सामना गरेका सामराले १० छक्का र ५ चौकाको मदतमा नटआउट १२० रनको उत्कृष्ट शतकीय इनिङ्स खेले भने बोपाराले ५३ रन र देव खनालले १७ रन बनाए ।

बलिङतर्फ काठमाण्डुका कप्तान करण केसी र राशिद खानले समान २/२ विकेट लिए ।

यो जितसँगै दोस्रो क्वालिफायर पुगेको चितवनले अब फानलमा प्रवेश गर्न सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

यस अघि भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स फाइनलमा पुगिसकेको छ ।

लुम्बिनीले उपाधिका लागि फाइनलमा दोस्रो क्वालिफायरबाट विजयी टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचार