Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते

वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभा गर्ने पालिका अध्यक्ष पक्राउ

मंगलवार , मंसिर २, २०८३

सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेका छन् ।

अध्यक्ष रायलाई आज सर्लाही, बसबरिया गाउँपालिका–१ स्थित आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मिति २०८०।०३।१० गते आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्न आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको उजुरी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा परेको थियो ।

उक्त उजुरीका आधारमा सरकारी कागज किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो ।

सर्लाही जिल्ला अदालतबाट मिति २०८३।०६।१६ गते पक्राउ अनुमति प्राप्त भएपछि ५५ वर्षीय गाउँपालिका अध्यक्ष रायलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार