Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते

पाँच पालिका भूमिहिन तथा अव्यवस्थित बसोबासी समस्यामुक्त घोषणा

मंगलवार , मंसिर २, २०८३

भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने अभियानले थप उपलब्धि हासिल गरेको छ ।

भूमी समस्या समाधान समितिले सार्वजनिक गरेको सूचनामा देशका विभिन्न जिल्लाका पाँच स्थानीय तहलाई भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्यामुक्त पालिका घोषणा गरिएको उल्लेख गरिएको छ ।

बाग्लुङको जैमिनी नगरपालिका, डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका र महाकुल गाउँपालिका तथा रुकुमपूर्वको भूमे गाउँपालिकालाई समस्यामुक्त पालिका घोषणा गरिएको उक्त सूचनामा उल्लेख गरिएको छ ।

हालसम्म देशभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित तथा स्ववासी गरी ६ हजार ७३८ परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।

सरकारले अब देशभर भूमिसम्बन्धी समस्या समाधानको कामलाई थप तीव्रता दिँदै सरल, सहज र छरितो प्रक्रियामार्फत लालपुर्जा वितरण गर्ने अभियानलाई अघि बढाउने जनाएको छ ।

सरकारले नागरिकको वर्षौंदेखिको भूमि समस्या समाधान गरी उनीहरूलाई जग्गाको कानुनी स्वामित्व सुनिश्चित गर्ने लक्ष्यसहित यस कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

WhatsApp-Image-2026-11-17-at-17.58.06-1794917838.jpeg

सम्बन्धित समाचार