त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ८०३ ग्राम सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
मंगलबार राती १ बजेर २५ मिनेटमा हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बार ४१० मार्फत काठमाडौं आएका चिनको जिलिङ प्रान्तका जिह्यान्हा वाङ पक्राउ परेका हुन् ।
विमानस्थलको भन्सार तथा सशस्त्र प्रहरीको चेकिङ क्षेत्र पार गरिसकेका वाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनको साथबाट एक किलो ८०३.७७ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका वाङलाई बरामद सुनसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थलस्थित गौचर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।