Nov 20 2026 | २०८३, मंसिर ५ गते

२०८३, मंसिर ५ गते

काठमाडौंको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

बुधवार , मंसिर ३, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी पूर्व मन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगर पालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

बुधबार सामाजिक सञ्जाल मार्फत श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेको जानकारी दिएकी हुन् ।

रास्वपाबाट प्रतिनिधि सभाको समानुपातिक सदस्यमा निर्वाचित भएकी सुमना २०८० फागुन २३ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी थिइइन ।

४ फागुनमा रास्वपाको सहमहामन्त्री पदबाट राजिनामा दिएकी उनि हाल कुनै पार्टीमा सक्रीय छैनन् । आज काठमाडौंको मेयरमा उम्मेदवारी घोषणा गरेकी उनले आफू कुनै पार्टी वा स्वतन्त्र उम्मेदवारी दिने भने खुलाएकी छैनन् ।

आफनो जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उनको भनाई रहेको छ ।

"मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु," श्रेष्ठले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

सम्बन्धित समाचार