Nov 15 2026 | २०८३, कार्तिक ३० गते

२०८३, कार्तिक ३० गते

एनपीएल

लुम्बिनी क्वालिफायरमा, विराटनगर बाहिरियो

शनिवार , कार्तिक २९, २०८३

लुम्बिनी लायन्स जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा प्रवेश गरेको छ।

आज सम्पन्न खेलमा विराटनगर किंग्सलाई हराउदै लुम्बिनी पहिलो क्वालिफायरमा सुरक्षित भएको हो।

जितका लागि पाएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा ग-यो । जसमा आसिफ शेख र डार्सी सर्टले ४५/४५ रन बनाए। 

विराटनगरका अपराजित पौडेलले २ विकेट लिए।

यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनायो ।

जसमा चरिथ असलङ्काले अर्धशतकीय पारी खेल्दै ६४ रन बनाए। यस्तै शुभम रञ्जनेले ३१ ,इमरान शेखले २४ रन हिर्काए। 

लुम्बिनीका किशोर महतोले २, रूबेल ट्रम्पलमेन र अभिषेश गौतमले १/१ विकेट लिए।

यो हारसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिएको छ भने काठमाण्डु गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन् ।

सम्बन्धित समाचार