Nov 15 2026 | २०८३, कार्तिक ३० गते

२०८३, कार्तिक ३० गते

मधेश प्रदेश सरकार

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारले जनही एक लाख राहत दिने

शुक्रवार , कार्तिक २८, २०८३

मधेश प्रदेश सरकारले बिहिबार मकवानपुरको भीमफेदीस्थित चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले दुर्घटना मृत्यु भएकाहरुको परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको स्वास्थ तथा जनसंख्या मन्त्री नागेन्द्र साहले जानकारी दिए ।

बैठकले दुर्घटनामा घाइते भएकाहरुको प्रादेशिक अस्पतालमा नि:शुल्क उपचारको व्यव्स्था मिलाउने निर्णय गरेको उनले बताए ।

उनका अनुसार बैठकले मधेश प्रदेश सभाको बैठक यही कात्तिक २८ देखि सञ्चालन गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

हिजो काठमाडौंबाट सर्लाहीका लागि छुटेको माइक्रोबस मकवानपुरको फिमफेदीस्थित चिसापानीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

सम्बन्धित समाचार