Nov 15 2026 | २०८३, कार्तिक ३० गते

२०८३, कार्तिक ३० गते

ओखलढुंगाबाट १९ वर्षीया गर्भवतीको हवाई उद्दार

शुक्रवार , कार्तिक २८, २०८३

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्दारा राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत सञ्चालित हवाई उद्दार कार्यक्रम मार्फत ओखलढुंगाकी १९ वर्षीया गर्भवती महिलाको उद्दार गरिएको छ ।

बिहिबार सिद्दिचरण नगरपालिका- ३ स्थित ती महिलाको स्वास्थमा समस्या देखिएपछि मन्त्रालयको पहलमा थप उपचारका लागि हवाई मार्गमार्फत काठमाडौं ल्याइएको हो ।

दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँच सुनिश्चितता गर्न मन्त्रालयले हवाई उद्दार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित समाचार