नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाई महेश श्रेष्ठ पक्राउ परेका छन् ।
बिचौलिया भनिएका इनम सापकोटासँग कनेक्सन देखिएको आशंकापछी महेश शनिबार कीर्तिपुरबाट पक्राउ परेका हुन् ।
इनमको बयान भनी यस अघि सार्वजनिक भएको एक अपुष्ट अडियोमा कांग्रेस नेता उमेश श्रेष्ठको पनि नाम जोडिएको थियो ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका इनमले उक्त अडियोमा उमेश श्रेष्ठको नाम लिएको बताइएको छ ।