राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जनकपुर प्रस्थान गरेका छन् ।
छठ पर्व मनाउनको लागि लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुर हिडेका हुन् ।
लामिछाने तीन दिन जनकपुरमा रहने कार्यक्रम रहेको छ ।
छठको पूजा आराधना सहभागी हुनुको साथै धार्मीक स्थलको भ्रमण र पार्टीका नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम भएको उनको सचिवालयले जनाएको छ ।