Nov 15 2026 | २०८३, कार्तिक ३० गते

२०८३, कार्तिक ३० गते

एनपीएल

चितवन ४ विकेटले विजयी, जनकपुर बाहिरियो

शुक्रवार , कार्तिक २८, २०८३

नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ ।

त्रिवि क्रीकेट मैदानमा पहिला ब्याटिङ गरेको जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

चितवनको जितका लागि डेभिड मलानले सर्वाधिक ३५ रन बनाउँदा रवि बोपाराले १३ र कुशल मल्लले १५ रन जोडे ।

बलिङतर्फ जनकपुरका लागि राहुल यादवले सर्वाधिक ३ विकेट चट्काउँदा ललित राजवंशीले २ तथा विशाल शुसलिङले एक विकेट झारे ।

त्यस्तै पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा ८८ रन जोडेको थियो ।

यो जितसँगै चितवनको प्लेअफ यात्रा बलियो जिवितै रहेको छ भने जनकपुर एनपीएलको यो सिजनबाट बाहिरिसकेको छ ।

जनकपुरसँगै पोखरा एभेन्जर्स र कर्णाली याक्स पनि बाहिरिसकेको छ ।

सम्बन्धित समाचार