मधेश प्रदेशका मुख्यमन्त्री कृष्णकुमार यादवले राजिनामा दिएका छन् ।
शनिबार बसेको प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै राजिनामाको घोषणा गरेका हुन् ।
गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका यादवले विश्वासको मत पाउने अवस्था नदेखेपछी राजिनामा घोषणा गरेका हुन् ।
सभामुख रामअशिस यादवले विश्वासको मत माग्न समय दिएकोमा प्रदेश सभालाई सम्बोधन गर्दै यादवले आफू पदमा रहेको समयको उपलब्धि सुनाउँदै राजिनामा दिएको घोषणा गरे ।
सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका थिए ।