Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

समानुपातिकतर्फको मत गणना सम्पन्न, कुन दलले कति मत पाए ?

बुधवार , फाल्गुण २७, २०८२

यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ १२५ सिट जितेर पहिलो बदल बनेको  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक तर्फ पनि सबै भन्दा ठूलो दल बनेको छ । 

रास्वपाले समानुपातिकमा ५१ लाख ५४ हजार ९४८ मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार १ करोड ७ लाख ८१ हजार ७१४ मत मध्ये उक्त मत रास्वपाले प्राप्त गरेको हो । 

नेपाली कांग्रेसले १७ लाख ५४ हजार ४७९ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १४ लाख ५२ हजार ६३७ मत ल्याएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ८ लाख ९ हजार ५३० मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७०८ मत प्राप्त गरेको छ । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार २२७ मत पाएको छ । जनता समाजवादी पार्टी नेपालले १ लाख ७६ हजार २७८ मत प्राप्त गर्दा राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७८ हजार ९२३ मत प्राप्त गरेको छ । 

समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ । तर, सबै क्षेत्रको अन्तिम मत परिणाम वेबसाइटमा अपडेट भए वा नभएको बारे भने रुजु गर्न बाँकी रहेको निर्वाचन आयोग स्रोतको भनाई रहेको छ । 

 

सम्बन्धित समाचार