Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

गृहमन्त्री अर्याल र चिनियाँ राजदूतबीच भेटवार्ता

मंगलवार , फाल्गुण २६, २०८२

गृहमन्त्री ओमप्रकाश अर्याल र नवनियुक्त नेपालका लागि चिनियाँ राजदूत चाङ माओमीङबीच शिष्टाचार भेटवार्ता भएको छ । 

मंगलबार गृहमन्त्रालयमा भएको भेटमा मन्त्री अर्यालले नवनियुक्त राजदूत माओमीङलाई बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरे । भेटमा चिनियाँ राजदूतले प्राप्त जिम्मेवारी कुशलतापूर्वका निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पुर्याउने महत्वपूर्ण भूमिका सफल हुने विश्वास व्यक्त गरे । 

गृहमन्त्री अर्यालले चीनले आर्धिक सामाजिक क्षेत्रमा पुर्याएको सहयोगको निरन्तरता र भविष्यमा हुने सहयोग थप बढ्ने विश्वास व्यक्त गरे । उनले टलिकम क्षेत्र र साइबर क्राइमको क्षेत्रमा बुहुपक्षीय सहयोग र सहकार्यको पनि प्रस्ताव गरे । 

भेटका क्रममा चिनियाँ राजदूत चाङ माओमीङले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सफल भएकोमा नेपाल सरकार र गृहमन्त्रालयलाई बधाई दिए । मन्त्रालयले निर्वाचन सुरक्षा, सीमा सुरक्षा व्यवस्थापनमा गरेका कामको प्रसंशा गर्दै उनले नेपाल–चीन ऐतिहासिक सम्बन्ध अझै थप बलियो बनाउने प्रतिबद्धता जनाए । 

राजदूत माओमीङले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा स्वतन्त्रताप्रति चीनको निरन्तर प्रतिबद्धता रहेको दोहोर्‍याए।

 

सम्बन्धित समाचार