काठमाडौं । गोरखा– १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङ विजयी भएका छन् ।
मत गणनाको अन्तिम नतिजा अनुसार सुदनले २९ हजार ८९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याए ।
तेस्रो स्थानमा रहेका नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरे भने चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मात मात्र प्राप्त गरे ।
यो सँगै रास्वपाले प्रत्यक्षमा १२५ सिट जितेको छ ।