काठमाडौं । बारा– ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रहबर अन्सारी विजयी भएका छन् ।
अन्सारीले ४१ हजार २ सय मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका कृष्ण कुमार श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरे ।
त्यस्तै जसपा नेपालका सन्जु साह कानुले ७५९३ मत ल्याउँदा कांग्रेसका श्यामबाबु गुप्ताले ७ हजार ११३ र नेकपाका अजय कुशवाहले २ हजार ६७ मत प्राप्त गरे ।
विजयी भएका रहबर यस अघि तत्काली माओवादी केन्द्रबाट मधेश प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनले चुनाव अघि मात्रै नेकपा परित्याग गरी प्रदेशसभाबाट राजीनामा दिएर रास्वपा प्रवेश गरी निर्वाचन लड्का थिए ।