काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठले २४ हजार ५९२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी मानिएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका सुमन सायमीले ३ हजार २१७ मत पाए । यहाँ उपविजेता भएका सायमीको जमानत नै जफत भएको छ । जमानत जोगाउन १० प्रतिशत मत प्राप्त गर्नु पर्नेमा उनले त्यो मत पनि पूरा गर्न सकेनन् ।
यो क्षेत्रका अरु पार्टी र स्वतन्त्र उठेका उम्मेदवार सबैको जमान जफत भएको छ ।