Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

मतदानमा सहभागी भएनन् राष्ट्रपति र उपराष्ट्रपति

बिहिवार , फाल्गुण २१, २०८२

देशभर प्रतिनिधि सभा निर्वाचनको लागि मतदान जारी रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादव सहभागी भएका छैनन् । 

संविधानको संरक्षकको रुपमा तटस्थता कायम गर्दै उनीहरु मतदानमा सहभागी नभएको बताइएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले संविधानको रक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गरेका हुन् । 

राष्ट्रपति पौडेलले यस अघिको निर्वाचनमा भने तनहुँ जिल्लाको व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए । 

उपराष्ट्रपति यादवले संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नभएको उनका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए । उपराष्ट्रपति यादवले यस अघिको निर्वाचनमा बाराको बासबारियास्थित मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए । 

 

 

सम्बन्धित समाचार