काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं– ५ धापासी निमावी मैलाचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।
मतदानपश्चात् सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले देशैभरी निर्वाचन उत्साहपूर्वक भैरहेकोमा आफू खुसी भएको बताइन् ।
उनले भनिन्, “मैले मेरो आफ्नो कर्तव्य पूरा गरे । देशमा निर्वाचन हुँदैछ । म अत्यन्त खुसी छु ।”