अमेरिकाले आफ्ना नागरिकहरुलाई मध्यपूर्वका देशहरुबाट बाहिरिन अनुरोध गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयका कन्सुलर मामिला प्रमुखले सामाजिक सञ्जाल एक्समा एक पोष्ट गर्दै मध्यपूर्वका १४ देशमा रहेका आफ्ना नागरिकहरुलाई छिटो बाहिरिन आग्रह गरेका हुन् । अमेरिकाले बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक र गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरेबिया, सिरिया, संयुक्त अरब इमिरेट्स र यमनबाट उपलब्ध व्यवसायीक यात्राका साधन प्रयोग गरी बाहिरिन अनुरोध गरेको हो ।
व्यवसायीक माध्यमबाट बाहिरिने प्रबन्ध मिलाउन विदेश मन्त्रालयले सहयोग आवश्यक पर्ने अमेरिकीहरुका लागि २४ सै घण्टा विभागमा सम्पर्क गर्न सकिने बताइएको छ भने अमेरिकी दूतावास वा कन्सुलर कार्यालयबाट जारी सूचनाबारे पनि जानकारी लिन आग्रह गरिएको छ ।
अमेरिका र इजरायलले इरानमा संयुक्त रुपमा गरेको आक्रमणमा परी इरानका सर्वाेच्च नेता खामेनी मारिएसँगै जावाफी आक्रमण स्वरुप इरानले मध्यपूर्वका देशमा रहेका अमेरिकी दूतावासहरुलाई निसाना बनाएर आक्रमण जारी राखेको छ ।